नेपाल भित्रियो सर्वाधिक रुचाइएको ‘नेक्सन ईभी म्याक्स’

काठमाडौं । टाटा नेक्सन ईभी म्याक्स नेपालमा सार्वजनिक भएको छ। टाटा मोटर्सका प्यासेन्जर भेहिकल प्रबन्ध निर्देशक शैलेश चन्द्र र सिप्रद्धी ट्रेडिङका कार्यकारी निर्देशक सिद्धार्थ जबरा राणाले संयुक्त रूपमा सार्वजनिक गरेका छन्।

काठमाडौं । टाटा मोटर्सले आफ्नो विद्युतीय कारको पछिल्लो संस्करण ‘नेक्सन ईभी म्याक्स’ नेपालमा सार्वजनिक गरेको छ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा टाटा मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ‘नेक्सन ईभी म्याक्स’ सार्वजनिक गरेको हो ।

कम्पनीले नेपालमा ‘नेक्सन ईभी म्याक्स’ ४६ लाख ४९ हजार रुपैयाँ सुरुआती मूल्यमा भित्र्याएको हो । २०२३ को नेपालमा सबैभन्दा धेरै बिक्री हुने इलेक्ट्रिक एसयूभीको नयाँ संस्करण नेक्सन ईभी म्याक्स हो ।

१०० किलोवाटकै मोटर रहेका कारण यो गाडीले नेपाली बजारमा आक्रामक बजार कायम राख्ने ठानिएको छ । नेक्सन ईभीमा पनि ९५ किलोवाटको मोटर रहेको थियो ।

४०.५ किलोवाट आवरको ब्याट्री रहेको नेक्सन ईभी म्याक्सले ३०० देखि ३५० र बढीमा ४५३ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ । नेक्सन ईभीमा ३०.२ किलोवाटआवरको ब्याट्री रहेको थियो । बढीमा १२९ पीएस क्षमता रहेको नेक्सन ईभी म्याक्सको टर्क क्षमता २५० एनएमसम्म छ ।

७.२ किलोवाटको फास्ट चार्जरले साढे ६ घण्टामै र ३.३ किलोवाटको चार्जरले गाडी १५ घण्टामा फुल चार्ज हुने कम्पनीले जनाएको छ । डीसी फास्ट चार्जिङले भने ० देखि ८० प्रतिशत चार्ज ५६ मिनेटमै हुने कम्पनीले जनाएको छ ।

एक हजार ७४८ किलोग्राम कुल तौल रहेको नेक्सन ईभी म्याक्सको ग्राउण्ड क्लियरेन्स १९० एमएम छ । गाडी हरियो–निलो, सेतो र खैरो गरी तीन रङमा उपलब्ध छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here