झिनो अंकले घट्यो नेप्से, कारोबार रकममा गिरावट

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से) ३.२४ अंकले घटेर १८३८.५९ बिन्दुमा झरेको हो ।

यसदिन ५७ करोड ८८ लाख ४१ हजार ५९३ रुपैयाँको २१ लाख ५ हजार ६५७ कित्ता शेयर किनबेच भएको छ ।

आज १३ वटा उपसमूहको समूहगत सूचकमध्ये १० वटाको ओरालो लागेको छ भने ३ वटा बढेकोे छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम ओरालो लागेको छ । बुधवार५८ करोड ९१ लाख ७७ रुपैयाँको बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये १० उपसमूहको परिसूचक घटेको छ भने ३ को बढेको छ । फाइनान्स उपसमूहको परिसूचक सबैभन्दा धेरै ०.६७ प्रतिशतले घटेको छ ।

आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यसको ३ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकको प्रमोटर शेयर साढे २ करोड र शिवम् सिमेन्ट पौने २ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

झिनो अंकले घटेको बजारमा आज आत्मनिर्भर लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै ६.१० प्रतिशत कमाएका छन् भने फरवार्ड माइक्रोफाइनान्सका शेयरधनीले ५.९९ प्रतिशत गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here