मौद्रिक नीति: आर्थिक गतिविधि सुस्तता भएर ऋण तिर्न नसक्नेलाई सहुलियत

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा तेश्रो त्रैमासिक समिक्षा गरेको छ । राष्ट्र बैंक सञ्चालक समितिको बैठकले पास गरेपछि शुक्रबार सार्वजनिक गरिएको तेश्रो त्रैमासिक समिक्षा अनुसार मौद्रिक नीतिलाई केहि लचिलो बनाइर्एको राष्ट्र बैंकले नै बताएको छ ।

राष्ट्र बैंकले बैंकदरलाई एक प्रतिशतले घटाएको छ । अब बैंकर ७.५ प्रतिशत कायम भएको छ, तर नीतिगत दर भने ७ प्रतिशत नै यथावत कायम भएको छ ।

मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले वास्तविक क्षेत्रमा देखापरेको शिथिलताका कारणले कर्जा चुक्ता गर्न परेको कठिनाइमा सहुलियत दिने निर्णय गरेको छ ।

यसको लागि केन्द्रीय बैंकले अल्पकालीन तथा चालु पुँजी प्रकृतिका कर्जाहरूलाई ब्याज नियमित रहेको अवस्थामा आवश्यकता र औचित्यको आधारमा कुनै किसिमको हर्जाना/शुल्क नलिने गरी तीन महिनासम्मका लागि २०८० असार मसान्तभित्र म्याद थप गर्न सक्ने व्यवस्था गरिने छ ।

वास्तविक क्षेत्रमा देखापरेको शिथिलताका कारणले लघुवित्त वित्तीय संस्थाका सदस्य ऋणीहरूलाई कर्जा चुक्ता गर्न परेको कठिनाइलाई दृष्टिगत गरी सम्वन्धित संस्थाले आवश्यकता र औचित्यको आधारमा २०८० असार मसान्तभित्र कर्जाको पुनरसंरचना/पुर्नतालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइने उल्लेख गरेको छ ।

राष्ट्र बैंकले पुनर्कर्जा पनि दिने भएको छ। पछिल्ला दुई त्रैमासमा ऋणात्मक भएको आर्थिक क्षेत्रसँग सम्बन्धित क्षेत्रलाई पुनर्कर्जा दिने भएको हो। अहिले राष्ट्र बैंकले पुनर्कर्जालाई साढे ६ अर्बमा झारेको छ।

राष्ट्र बैंकले होटल तथा रेस्टुरेन्ट, पशुपंक्षी पालन, निर्माण क्षेत्रसँग सम्बन्धित पाँच करोडसम्मको अन्य क्षेत्रमा प्रवाह भएको कर्जालाई २०८० असार मसान्तभित्र पुनर्संरचना/पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइदिएको छ।

मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठ)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here