काठमाडौंमा निःशुल्क एम्बुलेन्स सेवा दिने बालेनको घोषणा

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत मेयर शाहले काठमाडौंका लागि निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका हुन्।

उनले भनेका छन्,‘काठमाडौंभरि २४ घण्टा नै १०२ मा कल गरेर निःशुल्क सेवा लिन सक्नुहुन्छ। यो सुविधा प्रयोग गरे बापत कुनै शुल्क तिर्नपर्ने छैन।’