ट्वीटरको सीईओ बनिन् लिन्डा याकारिनो

काठमाडौं । एलन मस्कले ट्वीटरको सीइओमा लिन्डा याकारिनोलाई नियुक्त गरेका छन् । उनले आफु जस्तै मूर्खलाई सिइओ नियुक्त गर्ने बताएका थिए । सामाजिक सञ्जालमा कम्पनीको विवादास्पद अधिग्रहणको छ । महिना पछि उनले ट्विटरको नयाँ प्रमुख कार्यकारी नियुक्त गरेका हुन् ।

एक ट्वीट लेख्दै मस्कले कम्पनीमा लिन्डाको भूमिका व्यवसाय सञ्चालन, प्रडक्ट डिजाइन र नयाँ प्रविधिमा हुने बताएका छन् । यसअघि लिन्डाले ‘एनबीसीयू’ नामक कम्पनीमा ग्लोबल एड्भर्टाइजिङ एन्ड पार्टनरशिप विभागको प्रमुखको रुपमा काम गरेकी थिइन् ।

लिन्डाले पेन स्टेट युनिभर्सिटिमा लिबरल आर्ट्स एन्ड टेलिकम्युनिकेसन पढेकी छन् । सन् २०११ देखि उनी सोही कम्पनीमा आवद्ध थिइन् । त्यस्तै अगाडि उनले ‘टर्नर इन्टरटेनमेन्ट’ नामक कम्पनीमा करिब २० वर्ष काम गरेकी थिइन् ।

लिन्डाले डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति हुँदा प्रेसिडेन्स काउन्सिल अन स्पोर्ट्स, फिटनेस एन्ड न्युट्रिसनमा पनि काम गरेकी थिइन् ।

यससँगै मस्क कार्यकारी अध्यक्ष र प्रमुख प्रविधि अधिकारीको रूपमा संलग्न रहनेछन्।

केही सयम अघि मस्कले ट्वीटर ह्यान्डलमा आफू सीईओबाट हट्नु ठीक छरछैन भन्ने पोल क्रियट गरेका थिए । उक्त भोटिङ पोलमा १७ लाख अकाउन्ट सहभागीमध्ये ५७ प्रतिशतले सीईओबाट मस्क हट्नुपर्ने प्रतिक्रिया दिएका थिए ।

त्यसपछि उनले आफूजस्तै कोही मूर्खु सीईओ पदबाट राजीनामा दिने बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here