सँगै अवार्ड थाप्दा पनि बोलेनन् पल र पूजा

काठमाडौं । कुनै एक समय बलियो रहेको अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माबीच सम्बन्धमा तिक्तता आएको छ । उक्त कुरालाई ‘सिने सर्कल अवार्ड’ ले पनि पुष्टि गरेको छ । ‘म यस्तो गीत गाउँछु २’ बाट पल र पूजाले ‘वेस्ट पर्दाको जोडी’ को अवार्ड प्राप्त गरे । अवार्डका एकसाथ स्टेज चढे । तर बोलचाल भने गरेनन् । स्टेजमा दुवैले क्यामेरातिर फर्किएर अवार्ड देखाए । तर, उनीहरुबीच कुनै गफगाफ भएको वा दुवैले एक अर्काको अनुहारमा हेरेर खुसी साटेको देखिएन । दुवै स्टेजबाट फर्किएर आफू बसेको स्थानमा गए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here