कर प्रणालीमा पुनरावलोकन गरिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा कर प्रणालीमा पुनरवलोकन गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा शुक्रबार आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । विद्यमान कर प्रणालीमा पुनरावलोकन गरी राजस्व प्रशासनलाई थप चुस्त बनाइने बताए । राजस्व चुहावट, न्यून बिजकीकरण, हुण्डी, अवैध कारोबारमा लगानी तथा राष्ट्रिय पूँजी पलायनमा कडाइ गर्ने सरकारको घोषणा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here