आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने सरकारको योजना

काठमाडौं । सरकारले एक वडा एक विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ। शुक्रबार संघीय संसद्‌मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विषय उल्लेख गरेका हुन्।

एक टोल, एक सामूहिक कृषि उत्पादनका साथै एक पालिका, एक उत्पादन क्षेत्र मार्फत् आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने सरकारको योजना रहेको छ।