सांसद सञ्जय गौतमले तोडे आमरण अनशन

काठमाडौं । बर्दिया क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री सञ्जयकुमार गौतम आमरण अनशन तोडेका छन् ।

शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग ११ बुँदे सहमति भएपछि सांसद गौतमले आठौँ दिनमा अनशन तोडेका हुन् । अनशन तोडेसँगै उनकाे स्वास्थ्य अवस्था कमजोर भएकाले जिल्ला अस्पताल बर्दियामा भर्ना भएका छन् ।

जब्दीघाट पुल निर्माण लगायत बर्दिया जिल्लाका विभिन्न मुद्दाहरु संसदमा उठाउँदा पनि सरकारले सम्बोधन नगरेको कारण ३० वैशाखबाट उनी अनशनमा बसेका थिए।उनी भत्किएको जब्दीघाटको पुल मुनी बर्दियाका काँग्रेसका नेतासहित अनशन बसेका थिए ।

गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल भाँचिएको ७ बर्ष वित्दा पनि पुर्ननिर्माण हुन नसकेको विषयलाई सांसद गौतमले मुख्य मुद्दा बनाएका थिए ।

२०६५ सालदेखि निर्माण शुरु भएको साे पुल करिब दश वर्षपछि सम्पन्न भएको थियो । ४२५ मिटर उक्त पुल १६ करोड ६८ लाख रुपैयाँ लागतमा ०७४ सालमा सम्पन्न भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here