‘नीति तथा कार्यक्रममा समस्या समाधान गर्ने इच्छाशक्ति छैन, फिर्ता लिनुस्’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम फिर्ता लिन आग्रह गरेका छन्। सरकारको नीति तथा कार्यक्रमको विषयमा आइतबार संसद्‌मा बोल्दै अध्यक्ष ओलीले यस्तो बताए ।

समस्याको सम्बोधन आजको आवश्यकता हो,’ उनले भने ‘यो सरकार चुकेको छ । सरकारसँग समस्या समाधान गर्ने इच्छाशक्ति छैन । त्यो नीति तथा कार्यक्रमले पुष्टि गर्दछ । मिसन छैन मिसनसहितको कुनै आयोजना प्रस्तुत गरिएको छैन ।

उनले भने, ‘नीति तथा कार्यक्रम पास भएन भन्ने कुराले प्रतिपक्षले अप्ठ्यारो पार्छ भन्ने हामी भन्छौँ यो पुनर्लेखन गर्ने छुट दिन्छौँ। यो देशका निम्ति बनाउनुस्।’

राष्ट्रिय गौरवका आयोजनाहरू रुपान्तरणकारी र रणनीतिक महत्त्वको आयोजनाहरु तीव्र गतिका साथ सम्पन्न गर्न कुनै प्रस्ताव नै छैन । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम शुक्रबारको संघीय संसदमा पेस भएको थियो । त्यसमाथि आइतबारदेखि छलफल सुरु भएको छ ।

ओलीले नीति तथा कार्यक्रममा राष्ट्र र सभ्यतालाई मजबुत बनाउने कुनै कार्यक्रम नआएको टिप्पणी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here