‘आइएमई पे’मा १ रुपैयाँमा सामसुङको ग्यालेक्सी ए-१४ स्मार्टफोन

काठमाडौं । आइएमई पे ले ‘रु १ मा के, सामसुङ इन आइएमई पे’ नामक खेल आफ्नो एपमा सार्वजनिक गरेको छ ।

जेठ १० गते देखि जेठ ७ गतेसम्म चल्ने यस अफरमा आइएमई पे का सम्पूर्ण प्रयोगकर्ताहरूले मात्र १ रुपैयाँमा सो खेल खेली सामसुङको ग्यालेक्सी ए-१४ ५जी स्मार्टफोन जित्ने मौका पाउन सक्नेछन् ।
प्रयोगकर्ताहरुले यो खेल आइएमई पे एप को होमपेजमा ‘रु १ मा के’ ब्यानरमा गइ खेल्न सक्नेछन् । यस एक हप्ते अफरमा प्रयोगकर्ताहरुले धेरै पटक १ रुपैयाँ तिरेर सो खेल खेल्न सक्ने छन् ।

अफरको अन्त्यमा १ भाग्यशाली विजेताको घोषणा आइएमई पेको सामाजिक संजालमार्फत हुनेछ । साथै, यस अफरको अन्त्यमा अन्य सम्पूर्ण सहभागीहरूको पैसा फिर्ता पनि गरिने कम्पनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here