प्रचण्ड र मोदीले उद्घाटन गरे कुर्था बथना-बिजलपुरा रेल्वे लाइन

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले बिहीबार कुर्था बथना-बिजलपुरा रेल्वे लाइन उद्घाटन गरेका छन् ।

संयुक्त रूपमा उद्घाटन गरेको रेल्वे लाइन १७.४ किलोमिटर लामो रहेको छ। संयुक्त रूपमा उद्घाटन गरेपछि बथनाहाबाट कार्गो रेल विराटनगर आइपुगेको छ। दुवै देशका प्रधानमन्त्रीले झण्डा देखाएर रेल सेवाको संयुक्त रूपमा थालनी गरेका हुन्।

औद्योगिक कच्चा पदार्थ बोकेर रेल विराटनगरको एकीकृत भन्सार जाँच चौकी (आइसिपी) आइपुग्दा नेपाली पक्षले भव्य स्वागत गरेको छ। स्थानीय उद्योगी व्यवसायी, स्थानीयबासी र सरकारी प्रतिनिधिहरूले स्वागत गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here