नेप्सेले रोक्यो बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया, दर्जन बैंकको आवेदन

काठमाडौं ४, भदौं । बैंकलाई सेयर ब्रोकरको लाइसेन्स दिने प्रक्रिया स्थगित भएको छ । बैंकको सहायक कम्पनीलाई सेयर ब्रोकरको लाइसेन्स दिन आवेदन आब्ह्रान गर्दै सूचना निकालेको नेप्सेले करिब तीन साता पछि स्थगित भएको हो ।

नेप्सेले मंगबार सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । संसदको अर्थसमितिले पठाएको पत्रको भावना अनुसार भन्दै नेप्सेले उक्त प्रक्रिया स्थगित गरेको हो । हाल नेप्सेमा १३ वटा बैंकका सहायक कम्पनीले ब्रोकरको लाइसेन्स माग गर्दै आवेदन दिएको नेप्सेले बताएको छ ।

सूचनामा केही समयका लागि ब्रोकर लाइसेन्स वितरण प्रक्रिया स्थगित गरिएको बताए पनि नेप्सेले अर्थसमितिले गठन गरेको उपसमितिको प्रतिवेदन सार्वजनिक नभएसम्मका लागि स्थगित गरेको हो ।

ब्रोकर कम्पनीहरुको मिलोमतोका आधारमा अर्थसमिति र नेप्सेलाई प्रभावमा पारेर प्रक्रिया रोक्न लगाएको बताएको छ । सोमबार नेप्सेको सञ्चालक समितिले उक्त निर्णय गरेको हो ।

सूचनामा पहिलो चरणमा १५ दिनको समयावधि दिइएको थियो । सो समयभित्र आवेदन दिने बैंकहरुलाई सिफारिसकालागि एकै पटक धितोपत्र बोर्डमा पठाइने नेप्सेको सूचनामा उल्लेख छ ।

‘वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र सदस्य दलाल व्यवसायी अनुमतिपत्रका लागि सिफारिस कार्यविधि २०७६’ जारी गर्दै नेप्सेले उक्त सूचना जारी गरेको हो ।

बैंकको सहायक कम्पनीमा वाणिज्य बैंकको शतप्रतिशत लगानी भएको र न्यूनतम चुक्ता पुँजी २ करोड रुपैयाँ हुनुपर्नेछ । हाल ५० वटा ब्रोकर कम्पनी सञ्चालनमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here