एटीएम बुथको संख्या ४७ सय नाघ्यो, १ करोड १७ लाखभन्दा धेरै कार्ड चल्तीमा

काठमाडौं । बैंक तथा वित्तिय संस्था विस्तार भएसँगै एटीएम बुथको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनका चालू आर्थिक वर्षको बैशाख मसान्तसम्म देशैभरी एटीएम बुथको संख्या ४७ सय १६ पुगेको छ । अघिल्लो वर्ष यो संख्या ४५ सय १२ रहेको थियो ।

बैशाख मसान्तसम्ममा १ करोड १७ लाख ६० हजार ५ सय ९४ डेविट कार्ड वितरण भैसकेका छन् । यस्तै क्रेडिट कार्डको प्रयोगमा समेत तीव्रता आएको छ । बैशाख मसान्तसम्म २ लाख ७४ हजार ६ सय ९० कार्ड जारी भएका छन् ।

पछिल्लो समय एटीएम, डेविट कार्ड, क्रेडिट कार्ड, आरटिजिएस, इसीसी, आइपिएस र कनेक्ट आइपीएसबाट हुने कारोबारको रकम तथा संख्या समेत ह्वात्तै बढेको देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here