असारमा पनि ब्याजदर यथावत राख्ने बैंकर्स संघको निर्णय

काठमाडौं । वाणिज्य बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर असारमा पनि यथावत राख्ने भएका छन् । । नेपाल बैंकर्स संघको मंगलवार बसेको बैठकले निक्षेपको ब्याजदर नबढाउने सहमति भएको जनाएको हो ।

बैंकर्स संघले वैशाखमा ब्याजदर घटाएर व्यक्तिगत मुद्दती निक्षेपमा ९.९९ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा ७.९९९ प्रतिशत ब्याज दर तोकेको थियो ।

बचत खातामा भने ५.४ प्रतिशतदेखि ७.४ प्रतिशतसम्म ब्याजदर तोकेको थियो । संघले जेठमा सोही ब्याजदरलाई निरन्तरता दिएको थियो । अब भने असारमा पनि सोही दर कायम हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here