टाइटानिकको भग्नावशेष हेर्न जाँदा हराइरहेका सबै यात्रुको ‘निधन’

एजेन्सी ।आन्ध्र महासागरमा डुबेको चर्चित जहाज टाइटानिकको भग्नावशेष हेर्न गएकाहरु सवार पनडुब्बी विस्फोट हुँदा सबै ५ जनाको मृत्यु भएको छ ।

उनीहरु सवार टाइटन पनडुब्बी विस्फोट भएको र सबै ५ जनाको समुन्द्र भित्रै मृत्यु भएको खोजकर्ताहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

आइतवार क्यानडाको न्यूफाउन्डल्यान्डको समुद्री तटबाट टाइटानिकको भग्नावशेष हेर्न सो पनडुब्बी निस्किएको थियो। आइतवार नै सो पनडुब्बी बेपत्ता भएपछि खोजी भइरहेको थियो। अमेरिकी कोस्टगार्डका अनुसार पनडुब्बीको भग्नावशेष फेला परेको छ।

पनडुब्बीमा पाकिस्तानी अर्बपति शहजादा दाउद, उनका छोरा सुलेमान, बेलायती व्यवसायी हामिश हार्डिग, पनडुब्बी संचालक कम्पनी ओशनगेटका सिइओ स्टाकन रश र फ्रान्सका पल आनरी पनि थिए। उनीहरु पाँचैजनाको मृत्यु भएको अमेरिकी कोस्टगार्डले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here