सर्वाधिक कमाउने भारतीय हिरो अक्षय कुमार, संसार मै बढी कमाउने कलाकार को हुन् ?

लस एन्जल्स, ७ भदौ । विश्वका धनीहरुको सूचि सार्वजनिक गर्ने भ्यागेजिन फोर्ब्सले कलाकारहरुको सूचि हालै सार्वजनिक गरेको छ ।

संसारमा धेरै आम्दानी हुने टप टेन कलाकारको सूचिमा बलिउड स्टार अक्षय कुमार पर्न सफल भएका छन् । यस सूचिमा पर्ने उनी एक्ला भारतीय हुन् ।

संसारभरका कलाकारको सूचिअनुसार अक्षय कुमार कमाईका आधारमा चौथो स्थानमा रहेका छन् । म्यागेजिनले उल्लेख गरेअनुसार अक्षय कुमारको वार्षिक कमाई ६ करोड ५० लाख अमेरिकी डलर रहेको छ ।

सबैभन्दा बढी कमाई गर्ने १० कलाकार
ड्वेन रक जोनसन, अमेरिकी कलाकार जोनसनले जुन २०१८ देखि जुन २०१९ को बीचमा ८ करोड ९४ लाख अमेरिकी डलर बराबरको कमाई गर्दै पहिलो स्थानमा रहन सफल भएका छन् ।

हलिउडमा उनी आफ्नो शक्तिशाली शरीरका कारण पनि चर्चित छ्न् । अस्ट्रेलियाली कलाकार क्रिसको वार्षिक आम्दानी ७ करोड ६४ लाख अमेरिकी डलर रहेको छ ।

सूचि
१ . ड्वेन जोनसन (८.९४ करोड डलर)
२. क्रिस हेम्सवर्थ (७.६४ करोड डलर)
३. रवर्ट डाउनी जूनियर (६.६ करोड डलर)
४. अक्षय कुमार (६.५ करोड डलर)
५. ज्याकी चेन (५.८ करोड डलर)
६. ब्रेड्ली कूपर (५.७ करोड डलर)
७. एडम सेन्डलर ५.७ करोड डलर)
८. क्रिस इम्वास (४.३५ करोड डलर)
९. पाउल रुड (४.१ करोड डलर)
१०. वील स्मीथ (३.५ करोड डलर)

साभार : फोर्ब्स

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here