उपेन्द्रविरुद्ध लड्न जनमत प्रवेश गरेका कुशवाह चार महिनामै पार्टीबाट निष्कासन

काठमाडौं । जनमत पार्टीले विधान, नीति तथा निर्देशनविपरीत काम गरेको भन्दै शिवचन्द्र कुशवाहासहित ५ जनालाई कारवाही गरेको छ ।

जनमत पार्टी, केन्द्रीय अनुशासन समितिले नेताहरू शिवचन्द्र कुशवाहा, गुलाव मण्डल, शंकर खड्का, भोपेन्द्र यादव र भगवान दास यादवलाई कारबाही गरेको हो । कुशवाहा बारा-२ को उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादव विरुद्ध चुनाव लडेका थिए ।

उनलाई जनमत पार्टीले साधारणसदस्य समेत नरहनेगरी कारबाही गरेको जनाइएको छ । कुशवाहामाथि अनुशासनहीन काम गरेको र नेतृत्वविरुद्ध लागेको आरोप छ । उनलाई चुनावको मुखमा उपेन्द्रविरुद्ध लडाउन सीके राउतले पार्टीमा भित्र्याएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here