तीज तथा अन्तराष्ट्रिय व्यापार मेला २०७६ मङ्गलबारदेखि काठमाडौमा शुरु

काठमाडौं, १० भदौ । नेपाली महिलाहरुको महान चाड तीजको अवसर पारेर राजधानीमा ‘१२ औं तीज मेला तथा अन्तराष्ट्रिय व्यापार मेला २०७६’ मङ्गलबारदेखि राजधानीमा शुरु भएको छ ।

नेपाल चेम्बर अफ कमर्श अन्तरगत महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिला सशक्तिकरण र उनीहरुको संस्कृतिलाई बाचाइ राख्नका लागि यस्ता मेलाको भूमिका महत्वपूर्ण हुने बताइन् ।

तिजलाई महिला सशक्तिकरणको प्रतिकको रुपमा लिइने भन्दै मेलामार्पmत महिलाद्घारा उत्पादित वस्तु तथा ब्राण्डको प्रदर्शन तथा बजारीकरणमा सहयोग पुग्ने अपेक्षा उनले व्यक्त गरिन् ।

राजधानीको त्रिपुरेश्वरस्थित यूनाइटेड वल्र्ड टे«ड सेन्टर (डिइसिसी नेपाल) मा आगामी शनिबारसम्म चल्ने मेलालाई यसपाली अन्तराष्ट्रिय व्यापार मेलाको रुपमा यसलाई अगाडि बढाइएको आयोजकले बताएको छ ।

इभेन्ट म्यानेजर इन्ट्रोडक्सन ट्रेड शो नेपाल प्रालिका अनुसार नेपालको सबैभन्दा ठूलो तीज मेलाको रुपमा विगत १२ वर्षदेखि सञ्चालन हुँदै आएको तीज मेलाको यो १२ औं संस्करणका लागि आयोजकमा विगतमा जस्तै डिइसीसी नेपाल रहेको छ ।

मेलामा यो वर्ष काठमाडौंमा १०० भन्दा बढि कम्पनी, संघ, संस्थाहरुको सहभागीता हुने आयोजकले बताएको छ ।

यो इभेन्टमा महिला उद्यमीहरुले आफ्ना श्रृजनात्मक उत्पादन र सेवा मार्फत प्रदर्शन गर्ने उद्देश्यले वार्षिक रुपमा आयोजना गरिँदै आएको छ । यो इभेन्ट उत्पादन र सेवाको व्यवसायीकरण गर्ने मात्र नभई महिला उद्यमीहरुलाई अग्रपंक्तिमा उभ्याएर समग्र नेपाली अर्थतन्त्रको समृद्धिमा केन्द्रित हुँदै आएको छ ।

साथै यसपाली अन्तराष्ट्रिय व्यापार मेलाको रुपमा यसलाई अगाडि बढाइएको यो मेलामा भारत, पाकिस्तान, बंगलादेश तथा अन्य देशका स्टलहरु पनि रहेका छन् ।

प्रदर्शनीलाई आकर्षक र मनोरञ्जक बनाउनका लागि फ्रि फोटो सुट, लक्कि ड्र, डोर प्राइज, निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श, निःशुल्क मेहन्दी लगाउने कार्यक्रम, निःशुल्क कपाल कटिङ कार्यशाला, बालबालिकाहरुका लागि गेमिङ्ग जोन, लाइभ म्यूजिक एण्ड कल्चर प्रोग्राम लगायतका कार्यक्रम राखिएको छ ।

नेपाल चेम्बर अफ कमर्शले सहयोग गरेको मेलामा पाकिस्तानबाट १२, भारतबाट १२, बंगलादेशबाट १२ तथा नेपालीहरुको तीज विशेष ७० वटा गरेर १०६ स्टल रहेका छन् ।

आगामी शनिवारसम्म चल्ने मेलामा पचास हजारभन्दा बढि मानिसहरुले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here