पुल निर्माणका क्रममा गर्डर मेसिन खस्दा १६ मजदुरको मृत्यु, तीन जना घाइते

काठमाडौं । भारतको महाराष्ट्रस्थित ठाणे जिल्लामा गर्डर मेसिन खस्दा १६ जना मजदुरको मृत्यु भएको छ । सोमबार अबेर राति भएको उक्त दुर्घटनामा अन्य तीन जना घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

ठाणे जिल्लाको शाहपुर नजिक सरलांबेमा समृद्धि एक्सप्रेस हाईवेमा पुल निर्माणको क्रममा एक गर्डर मेसिन खस्दा उक्त दुर्घटना भएको हो ।

पुल बनाउन तथा ठूला भवनको चौखटका लागि फालम वा स्टिलको बिम वा मिश्रित संरचनालाई गर्डर भनिन्छ । उक्त गर्डर राख्न प्रयोग गरिएको मेसिन खसेको भारतीय प्रहरीले अधिकारीले जनाएका छन् ।

मिडिया रिपोर्टका अनुसार ग्रिडर मेसिन १०० फिटको उचाइबाट खसेको थियो । मृतकको संख्या बढ्न सक्ने बताइएको छ । अहिले पनि धेरै मजदुर त्यही पुरिएको हुन सक्ने आशंका गरिएको छ।

उद्धार कार्य जारी छ। मेसिनको तौल धेरै भएकाले छिट्टै हटाउन सकिरहेको छैन ।

७ सय १ किलोमिटर लामो यो हाईवेले मुम्बई र नागपुरलाई जोड्छ । तीन चरणमा निर्माण भइरहेको उक्त हाईवेको तेस्रो चरणको काम हाल ठाणे जिल्लामा भइरहेको हो । दुई चरणको काम भने सम्पन्न भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here