हरिवंश आर्चायले ल्याए ‘ए केटा मादलु पड्का’ (भिडियोसहित)

काठमाडौं । ‘काउली’को सफलतापछि हास्य कलाकार हरिवंश आचार्यले नयाँ गीत ल्याएका छन् । आफ्नै शब्द, संगीत र स्वरमा उनले रमाइलो पाराको ‘ए केटा मादलु पड्का’ बोलको गीत ल्याएका हुन् । गीतमा उनलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छिन् ।

यो गीतमा ‘काउली’कै कलाकार दोहोरिएका छन् । गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की र हरिवंशसँगै यसपटक गायक तथा निर्देशक सरोज ओली स्वयम्ले अभिनय गरेका छन् । नवराज उप्रेतीको छायांकन, भुपेन्द्र अधिकारीको सम्पादन रहेको गीतको भिडियो निर्देशन गम्भिर विष्टले गरेका छन् ।

गीत आरटी इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here