पप्पु कन्स्ट्रक्सनसहित २३ कम्पनी डेढ वर्षसम्मलाई कालोसूचीमा, ठेक्कामा भाग लिन नपाउने

`
काठमाडौं । ठेक्का सम्झौताअनुसार काम नगर्ने २३ कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार एक सूचना जारी गर्दै ठेक्का लिएर काम अलपत्र पार्ने २३ कम्पनीलाई कालोसूचीमा राखेको जानकारी गराएको हो ।

ती निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम १ वर्षदेखि डेढ वर्षका लागि कार्यालयले कालोसूचीमा राखेको हो ।

कार्यालयका अनुसार कालोसूचीमा पर्ने कम्पनीहरुमा पप्पु कन्स्ट्रक्सन, कोशी एण्ड न्यौपाने निर्माण सेवा, नतासा निर्माण सेवा, त्रिवेणी निर्माण सेवा, समृद्धि निर्माण सेवा, नव निर्माण विल्डर्स रहेका छन् ।

त्यसैगरी, चेतना यूकेएन जेभी बिकेबी कन्स्ट्रक्सन एण्ड सप्लायर्स, ब्लुबर्ड डिजाइन एण्ड कन्स्ट्रक्सन, बुढाथोकी निर्माण सेवा, नयाँ निर्माण सेवा, शुभम् कन्स्ट्रक्सन, एकेएज कन्स्ट्रक्सन, के आर निर्माण सेवा, माबोहाङ निर्माण सेवा, अर्वन कन्स्ट्रक्सन, लामा बुद्ध निर्माण तथा सामाग्री सप्लायर्स लगायत कम्पनी रहेका छन् ।

कालोसूचीमा परेका कम्पनीले अब तोकिएको अवधिमासम्म सरकारी निकायको कुनै पनि खरिद तथा निर्माणका कार्यमा भाग लिन पाउने छैनन् । कालोसूचीमा राख्नुभन्दा अगाडि सम्झौता भएका कार्य भने निरन्तर हुने कार्यालयले जनाएको छ।

सम्बन्धित समाचारः
बाढीले क्षतिग्रस्त जलविद्युत आयोजनालाई पुनर्निर्माण अवधिभर पुनर्कर्जा दिइने

निर्माण व्यवसायीको माग पूरा गर्न उद्योग वाणिज्य महासंघको आग्रह

व्यवसायीले सिन्डिकेट लगाएपछि पालिकाले थाल्यो निःशुल्क टिपर सेवा सञ्चालन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here