एकैदिन ३ जना फुटबल खेलाडी अस्ट्रेलिया उडे

काठमाडौं । एकै दिन नेपाली राष्ट्रिय फुटबल टोलीबाट खेलिसकेका ३ जना खेलाडी अस्ट्रेलियातर्फ लागेका छन् ।

मिडफिल्डर पुजन उपरकोटी, डिफेन्डर निशान खड्का र रवि पासवान अस्ट्रेलियाका लागि प्रस्थान गरेका हुन् । उनीहरू अस्ट्रेलियामा स्थानीय क्लबबाट खेल्ने गरी त्यहाँ पुगेको बताइएको छ । पछिल्लो एक वर्षमा सुजल श्रेष्ठ, सुनिल बल, दिनेश राजवंशी, सन्तोष तामाङ, तेज तामाङ, विशाल राईलगायत खेलाडीहरू अस्ट्रेलिया गएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here