रास्वपाले सदन अवरोधको समयको सुविधा नलिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले संसद अवरुद्ध भएको समयको सेवा सुविधा नलिने घोषणा गरेका छन् । संसदीय दलका नेता रवि लामिछानेले सभामुख देवराज घिमिरलेलाई अवरुद्ध संसद्को समयको कुनै पनि सेवा सुविधा पार्टीले नलिने जानकारी गराएका हुन् ।

राजनीतिक द्वन्द्वका कारण अवरुद्ध संसद्को समयको कुनै पनि सेवा सुविधा हाम्रो पार्टीले नलिने सम्माननीय सभामुखमार्फत प्रतिबद्धता जाहेर गर्दछ,’ सभामुखलाई बुझाएको पत्रमा भनिएको छ । संसद् बैठक नियमित चल्नका लागि पहलकदमी गर्न पनि सभामुखलाई आग्रह गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here