बाँदर धपाउन आफैंले बोकेको बन्दुक पड्किएर एक जनाको मृत्यु

काठमाडौं । अर्घाखाँचीमा बाँदर धपाउन बोकेको बन्दुक पड्किएर भूमिकास्थान नगरपालिका-७ का पदम केसीको मृत्यु भएको छ।

उनले शुक्रबार बिहान घर नजिकैको मकैबारीमा बाँदर र बदेल धपाउन भरूवा बन्दुक बोकेर गएका थिए। अचानक गोली पड्किएर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बन्दुक कसरी पड्कियो भन्नेबारे अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here