‘ब्रेक शु’सहितको भेटिएको १५५ केजी सुन जोख्दा यसरी भयो ६० केजी

काठमाडौ । राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थलबाट भन्सार जाँचपास भई सकेको अवस्थामा सिनामंगलबाट बरामद गरिएको सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले जोखेको छ ।

सोमबार जोखिएको सुनको तौल ६० किलो ७८९ ग्राम रहेको छ । ब्रेक शुसहितको सुनको तौल भने १५५ किलो थियो । महाशाखाले ब्रेक शुबाट सुन छुट्याएर जोखेको हो ।

विभागले त्रिभुवन विमानस्थलबाट पास भइसकेको अवस्थामा ब्रेक शुमा लुकाएर ल्याइएको सुन बरामद गरेको थियो ।

आइतबार राजस्व अनुसन्धान विभाग, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र टक्सार कार्यालयका प्रतिनिधिको रोहवरमा सुन जोखिएको हो । सुरुमा विभागले यो प्रकरणको अनुसन्धान गरेकोमा पछि सीआईबीलाई अनुसन्धानको जिम्मा दिइएको थियो । अहिले ब्रेक शुबाट छुट्याएर सुन जोखिएको हो । सुन गालेर जोख्न भने बाँकी रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here