काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशूली नदीमा खस्यो

file

काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्गको गजुरीनजिकै त्रिशूली नदीमा खसेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बसको पछाडिको ९९५२ नम्बरमात्रै देखिएको छ ।

घटनास्थलमा सुरक्षाकर्मीसहित उद्धार दल परिचालन भएको छ ।

दुर्घटनाका घाइतेहरुको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । बसबाट अहिलेसम्म १८ जनाको उद्धार गरिएको छ । बसमा कति सवार थिए भन्ने विवरण भने आउन बाँकी नै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here