‘चन्द्रयान-३’ को सफल अवतरण, चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने भारत पहिलो देश

एजेन्सी । भारतको चन्द्रयान- ३ चन्द्रमाको कक्षमा सफलतापूर्वक अवतरण भएको छ । बुधबार साँझ सवा ६ बजे चन्द्रमाको दक्षिणीध्रुवमा चन्द्रयान– ३ सफलतापूर्वक अवतरण भएको हो ।

चन्द्रयान– ३ ले दक्षिणी ध्रुवको रासायनिक र प्राकृतिक अवस्थाबारे अध्ययन गर्नेछ । चन्द्रमाको दक्षिणी ध्रुवको अनुसन्धानका लागि इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो)ले गत २९ असारमा चन्द्रयान–३ प्रक्षेपण गरेको थियो ।

सफल अवतरणसँगै भारत दक्षिणी ध्रुवमा यान अवतरण गराउने विश्वको पहिलो मुलुक बनेको छ । चन्द्रमाको सतहमा यसअघि अमेरिका, रुस र चीनले मात्र सफलतापूर्वक यान अवतरण गराएका छन् । दक्षिणी ध्रुवमा भने अहिलेसम्म कुनै मुलुक पुगेका छैनन् ।

भारतले अन्तरिक्षयानलाई चन्द्रमाको अर्बिट (कक्ष) मा सफलतापूर्वक पुर्‍याएको यो तेस्रो पटक हो । इसरोले यसअघि नै अगस्ट ५ मा ‘चन्द्रयान–३’ चन्द्रमाको कक्षमा पुग्ने बताएको थियो । भारतको यो मिसन सफल भएमा चन्द्रमाको सतहमा पुग्ने चौथो मुलुक बन्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here