९ महिनापछी अघि बढ्यो संसदीय समितिको नेतृत्व चयन प्रक्रिया

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको ९ महिनापछी संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखले मातहत गठित १० वटै विषय समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ः०० बजेका लागि निर्धारण गरेको घोषणा अनुरुप निर्वाचन प्रक्रिया अघि बढेको हो ।

समितिको कुनै एक सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्का एक सदस्यले समर्थन गर्नुपर्ने छ । जसका लागि बिहान ११ः०० देखि दिउँसो ४ः०० बजेसम्म उम्मेदवारी मनोनयन प्रस्ताव दर्ता गराउन सक्ने छन् । हाल समितिको ज्येष्ठ सदस्यको अध्यक्षतामा समिति बैठक बस्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here