कांग्रेसले टुंग्यायो संसदीय समिति सभापतिका उम्मेदवार, आरजु राणा कृषि समितिमा

काठमाडौं । नेपाली कांग्रेसले संसदीय समितिका सभापतिका उम्मेदवारको टुंगो लगाइको छ ।

संसदीय समितिको नेतृत्वका लागि आज हुने मनोनयनको लागि कांग्रेले आफ्नो भागमा परेको चार वटा समितिको सभापतिको उम्मेदवारहरुको नाम टुंगो लगाएको हो ।

कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवा पत्नी समेत रहेकी कांग्रेस नेतृ आरजु राणालाई कृषि समितिमा सभापतिको उम्मेदवार बनाउने भएको छ ।

त्यसैगरी संसदीय समितिमा जीवन परियारलाई उम्मेदवार बनाउँदा अर्थ समितिमा सन्तोष चालिसे र राज्य व्यवस्था समितिमा रामहरि खतिवडालाई उम्मेदवार बनाउने भएको हो ।

लामो समय रिक्त रहेको संसदीय समितिको नेतृत्वका लागि आज मनोनयन हुँदै छ ।समितिको नेतृत्व चयन नहुँदा ९ महिनादेखि ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here