ढुसी परेको कोक बेच्नेलाई १ लाख ५० हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले ढुसी परेको कोकाकोला बेच्नेलाई १ लाख ५० हजार जरिवना तिराएको छ ।

कालिञ्चोक ट्रेडिङ नेपाललाई महानगरले जरिवाना गरेको हो । बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा २९ को खण्ड ‘ङ’ बमोजिम जरिवना गरिएको पत्रमा उल्लेख छ ।

जरिवाना ७ दिन भित्र तिर्न भनिएको छ । बजार अनुगमन समिति उपमेयरको नेतृत्वमा रहन्छ । शुक्रबार भृकुटी मण्डपमा १ थान सिसाको बोत्तलमा ढुसी लागेको कोकाकोला भेटेपछि महानगरले उत्पादन कम्पनीसँग छलफल गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here