सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा पाँचौँ नम्बरमा परेको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि हेर्न नभ्याइने सूचीमा परेको छ । चौथो नम्बरको मुद्दा सुनवाइको क्रम जारी रहँदा नै सन्दीपको मुद्दा हेर्न नभ्याइने सूचीमा राखिएको हो ।

यसअघि पनि विभिन्न बहाना गरेर मुद्दाको फैसला पछि धकेलिँदै आएको छ । सन्दीपले एसिया कपअगाडि मुद्दाको फैसला होस भन्ने चाहेका थिए ।

आज पनि मुद्दाको सुनुवाइ सुरु हुन नसकेपछि एसिया कपअघि फैसला आउने सम्भावना कमजोर बनेको छ । अर्को पेशीको मिति आजै तोकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here