सन्दीपको मुद्दाको अर्को पेसी २१ गते, भोलि पाकिस्तान जाँदै

काठमाडौं । नाबालिग बलात्कार मुद्दा खेपिरहेका सन्दीप लामिछानेविरुद्धको मुद्दाको अर्को पेसी भदौ २१ गते तोकिएको छ।आइतबार पाँचौं नम्बरमा पेसी तोकिए पनि हेर्न नभ्याइने हुँदै स्थगित भएको थियो।

सुनुवाइ स्थगित भएसँगै एसिया कपका लागि उनको पाकिस्तान यात्रा तय भएको छ। उनी भोलि (सोमबार) नै पाकिस्तान जाने बताइएको छ। १३ गतेदेखि हुने एसिया कपमा लामिछाने नेपाली टोलीमा छन्। दोस्रो खेल भने भारतविरुद्ध १८ गते रहेको छ। अर्को पेसीअघि उनले यी दुवै खेल खेल्न पाउनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here