ललिता निवास प्रकरण: यी हुन् पूर्व मन्त्रीसहित ३११ प्रतिवादी, कोसँग कति मागदाबी (सूचीसहित)

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिनामा संलग्न ३११ जना विरुद्ध मुद्दा दायर भएको छ । यसमध्ये २१ जना मृत्यु भइसकेका व्यक्ति छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले कीर्ते अभियोगमा ४ पूर्व मन्त्रीसहित ३११ जना विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।

सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्रीहरु डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जय शाह विरुद्ध कीर्ते अभियोगमा मुद्दा दायर भएको हो ।

सीआइबीले कीर्ते र संगठित अपराधमा मुद्दा चलाउनुपर्ने राय दिए पनि सरकारी वकिलले कीर्ते अभियोगमा मात्र मुद्दा चलाएको हो ।

संगठित अपराध निवारण ऐन, २०७० चैत १२ गते जारी भएको थियो । ललिता निवास जग्गा हिनामिना वि.सं. २०४९, २०६०, २०६२, २०६७ र २०६९ सालमा विभिन्न सरकारी निकायबाट भएको निर्णयका आधारमा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here