कोशी सरकार टिकाउन रास्वपालाई बाइपास

काठमाडौं । प्रतिनिधिसभाका १० वटा विषयगत समितिको सभापतिका लागि उम्मेदवारी दर्ता भएको छ ।

१० वटा समितिमा ११ वटा उम्मेदवारी परेको छ। दलहरूबीच भएको सहमतिअनुसार कांग्रेसले तीन, एमालेले दुई, माओवादी, राप्रपा, नेकपा एस, जसपा, जनमतले उम्मेदवारी दर्ता गराएका छन् ।

सबै दलहरुबीच सहमति गरेर अघि बढेपछि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई भने एक्ल्याएका छन् ।

उम्मेदवारी दिन पनि एक-एकजना प्रस्ताव र समर्थक चाहिने भएकाले रास्वपाले चाहेर पनि सबैमा उम्मेदवारी दिन सकेन ।

तर, आफूहरूलाई एक्लाएपछि रास्वपाले गणेश पराजुलीलाई उद्योग समितिमा उम्मेदवार बनाएको छ । ९ समितिमा सर्वसम्मत नेतृत्व चयन हुने भएपनि उद्योग समितिमा भोलि निर्वाचन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here