लिभरपुलको नाटकीय जित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले न्युक्यासल विरुद्ध नाटकीय पुनरागमन गर्दै २-१ को जित निकालेको छ।

उरुग्वे स्टार डार्विन नुनेजले लिभरपुललाई सनसनीपूर्ण रूपमा पुनरागमन गराउँदा अन्तिम १० मिनेटमा दुई गोल गरेका थिए।

आइतबार न्युक्यासलको घरेलु मैदानमा पहिलो हाफमै लिभरपुल ०-१ ले पछि परेको थियो।

कप्तान भर्जिल भान डाइकलाई रातो कार्डका कारण २८ औं मिनेटमा नै गुमाएको लिभरपुलले अधिकांस समय १० खेलाडीमा सीमित हुनु परेको थियो। जितसँगै लिभरपुलको ३ खेल ७ अंक बनाएको छ। न्युकासल भने ३ खेलमा ३ अंकसाथ १३ औं स्थानमा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here