बिग ब्यास लिगको ड्राफ्टमा सन्दीपसहित पाँच नेपाली खेलाडी

काठमाडौं । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेसहित पाँच खेलाडी बिग ब्यास लिगको ड्राफ्टमा परेका छन् ।

अष्ट्रेलियन क्रिकेट बोर्डले आयोजना गर्ने विश्वकै एक उत्कृष्ट लिगमा सन्दीपसहित युवा ब्याटर देव खनाल, विकेटकिपर अर्जुन साउद, ओपनर आसिफ शेख र मध्यक्रमका ब्याटर आरिफ शेख ड्राफ्टमा परेका छन् ।सन्दीपले गतवर्ष बिग ब्यास लिग होबार्ट हरिकेन्सबाट खेलेका थिए ।

१३ औं संस्करणको बिग ब्यासमा २९ देशबाट कुल ३ सय ७६ खेलाडी ड्राफ्टमा हुनेछन् । बिग ब्यासको ड्राफ्ट आगमी सेप्टेम्बर ३ मा हुनेछ । बिग ब्यासमा आठ टोली छन् । बिग ब्यास आगमी डिसेम्बर ७ देखी सुरु हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here