‘१२ बुँदे व्याख्यात्मक घोषणालाई एमसीसी सम्झौताको मूल अंश नमाने सडकमा जान्छौँ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहायता परियोजना (एमसीसी) नेपालको सदनबाट पास गर्दा गरिएको १२ बुँदे घोषणालाई सम्झौताको मूल अंश नबनाइए सडकमा बताएका छन्।

समाजवादी मोर्चाले बुटवलमा मंगलबार गरेको कार्यक्रमलाई सम्बोधनका क्रममा उनले १२ बुँदे व्याख्यात्मक टिप्पणी कार्यान्वयन नभए हामी अझै एमसीसीविरुद्ध सडकमा जाने अवस्था रहेको बताए ।

एमसीसी कार्यान्वयनबारे छलफलका लागि अमेरिकी प्रतिनिधि नेपाल आउन लागेको उनले जानकारी गराए । आफूहरु जटिल परिस्थितिमा पनि देशको राष्ट्रिय हित, सार्वभौमसत्ता र आत्मनिर्णयको अधिकारको सुनिश्चित कसरी गर्ने भन्नेमा लागेको उनले बताए ।

‘नेपालको राष्ट्रिय हित, स्वाधिनता र सार्वभौमसत्ताको पक्षमा लडिरहेको छु’, उनले भने, ‘हिजो जनयुद्धमा थिएँ तर अहिले लडाइँको रुप फेरिएको छ अझै म मैदानमै छु।’

त्यस्तै अमेरिकी अनुदान परियोजना एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) का उपाध्यक्ष क्यामरन एस. अलफोर्ड तीन दिने भ्रमणमा मंगलबार अपराह्न नेपाल आइपुगेका छन्।

एमसीसी कार्यान्वयनमा लैजाने मिति नजिकिएसँगै अमेरिकी अधिकारीको आगामन हुन थालेको हो। एमसीए नेपालका मिडिया संयोजक पुष्कर माथेमाले सेप्टेम्बर ३० मा अर्थ मन्त्रालयमा औपचारिक कार्यक्रममार्फत एमसीसी कार्यान्वयनमा जाने बताएका छन्।

क्यामरनको भ्रमणलगत्तै अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भान होलेन पनि सेप्टेम्बरको पहिलो हप्ता नेपाल आउने कार्यक्रम छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here