‘भष्मे डन’को ‘दुई चुल्ठी बाटन’ मा विपिनको रोचक नृत्य

काठमाडौं । दीपेन्द्र के. खनालको निर्देशनमा तयार भएको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’को पहिलो गीत गीत ‘दुई चुल्ठी बाटन’ सार्वजनिक भएको छ । गीतमा अभिनेत्री आँचल शर्मा र अभिनेता निश्चल खड्कालाई फिचर्ड गरिएको छ ।

गीतमा फिल्मका शीर्ष कलाकार विपिन कार्कीलाई पनि फिचर्ड गरिएको छ । आँचललाई अभिनेत्रीकै रुपमा प्रस्तुत गरिएको छ ।

उनले एक गीतको छायांकन गरिरहेकी हुन्छिन् । र, सुटिङ हेर्न पुगेका भष्मे डन (विपिन) आफू हिरो भएर आँचलसँग नृत्य गरेको कल्पनामा डुब्छन् । प्रविन सिंहको नृत्य निर्देशन रहेको गीतमा विपिनको गेटअप र नृत्य शैली रोचक छ ।

गीतमा बी पाण्डेको शब्द रचना, सुवास भुसालको संगीत, मेलिना राई र निशान भट्टराईको स्वर छ । फिल्मलाई नीरज कँडेलले खिचेका हुन् भने प्रवीण सिंहको नृत्य निर्देशन छ । ‘पशुपति प्रसाद’को मृत्युपछि पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न भष्मे डनको चरित्रले गर्ने संघर्षको कथावस्तुमा फिल्म बनेको छ ।

भष्मे डन पात्रको भूमिकामा विपिनले अभिनय गरेका छन् । दीपेन्द्र के खनाल निर्देशित र खगेन्द्र लामिछानेको पटकथा लेखन तथा निर्माण रहेको फिल्म दशैंमा नेपालसहित विश्वभर प्रदर्शन गर्ने तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here