मेस्सीलाई पछि पार्दै हालान्ड बने वर्ष उत्कृष्ट खेलाडी, महिलातर्फ बोनमाटी

काठमाडौं । अर्जेन्टिनी सुपरस्टार लियोनेल मेस्सीलाई पछि पार्दै म्यानचेस्टर सिटी तथा नर्वेका एर्लिङ हालान्डले यूईएफए पुरुष वर्ष खेलाडी २०२३ को उपाधि जितेका छन् ।

अर्जेन्टिनी खेलाडी लियोनल मेसी र आफ्नै टिमका केभिन डी ब्रुइनलाई पछि पार्दै हालान्ड वर्षको उत्कृष्ट खेलाडी बने ।

बिहीबार राति उनीहरूलाई सन् २०२२–२०२३ मा उत्कृष्ट प्रदर्शन गरेबापत यो अवार्ड दिइएको हो । हालान्डको शानदार प्रदर्शनको मद्दतले सिटीले गत सिजन युरोपेली च्याम्पियन्स लिगसँगै इंग्लिस प्रिमियर लिग र एफएकप जितेको थियो । उनले त्यो सिजन ५२ गोल गरे ।

उनले पहिलो प्रिमियर लिग सिजनमै मोहम्मद सालाहको एक सिजनको गोल रेकर्ड तोड्दै ३६ गोल गरेका थिए । उनले च्याम्पियन्स लिगमा ११ खेलमा १२ गोल गरेका थिए ।

यस्तै, बोनमतीको बलियो प्रदर्शनको मद्दतले स्पेनले हालै अस्ट्रेलिया र न्युजिल्यान्डमा भएको महिला विश्वकपको उपाधि जितेको थियो । उनले बार्सिलोनाका लागि महिलाको युरोपेली च्याम्पियन्स लिग पनि जितेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here