नेपालले बहराइनलाई १० विकेटले हरायो, १७ बलमै पूरा गर्‍यो लक्ष्य

काठमाडौं । नेपालले आइसिसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटको दोस्रो खेलमा बहराइनमाथि एकपछिय जित हासिल गरेको छ।

शुक्रबार भएको खेलमा नेपालले बहराइनलाई १० विकेटले पराजित गर्दा १७ बलमानै लक्ष्य पूरा गरेको थियो।

मलेसियामा भएको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइन १५.४ ओभरमा ३१ रनमा अल आउट भएपछि नेपालले ३२ रनको लक्ष्य पाएको थियो।

बहराइनकी कप्तान दीपिकाले २० बलमा १ चौकासहित सर्वाधिक ११ रन बनाइन्। नेपालको बलिङ सामु बहराइनका १० खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। उसका ६ खेलाडी शून्यमा आउट भएका थिए।

नेपालका लागि कवित कुँवरले १४ बलमा ३ चौकासहित अविजित १७ रन बनाइन् । यस्तै, सीता राना मगरले ३ बलमा अविजित २ रनको योगदान दिइन् ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र यूएई छन् । यस्तै, समूह ‘बी’ मा चीन, हङकङ, थाइल्याण्ड, कुवेत र म्यानमार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here