मियामी र लस एन्जलसबीचको खेल इतिहासकै महंगो

एजेन्सी । मेजर लिग सकर (एमएलएस) अन्तर्गत आइतबार हुने इन्टर मियामी र लस एन्जलसबीचको खेलको टिकट ५२७ प्रतिशतले बढेको छ ।

यी दुई टिमबीचको टिकट मूल्य औसतमा ६९० डलर छ । मेसी एमएलएस क्लबमा अनुबन्धित हुनुअघि यो मुल्य ११० डलर थियो । यो खेलमा मैदानमा मेसीलाई हेर्न समर्थकले टिकटका लागि ७८५ डलर तिर्नुपर्छ ।

यो नै एमएलएस लिगको इतिहासमा हालसम्मकै सबैभन्दा महंगो खेल हो । गत हप्ता मेसीले एमएलएसमा डेब्यू गर्दा न्यूयोर्क रेड बुल्ससँगको खेलका लागि टिकट मूल्य करिब एक हजार प्रतिशतले बढेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here