सेजनको महासचिवमा विश्वास रेग्मी निर्विरोध

काठमाडौं । आर्थिक पत्रकार समाज (सेजन)को महासचिवमा गोरखापत्रकर्मी विश्वास रेग्मी निर्विरोध निर्वाचित भएका छन् । महासचिव पदमा उनको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

अध्यक्ष पदका लागि ३ जना, उपाध्यक्ष पदका लागि २ जना, सचिवका लागि ३ जना, कोषाध्यक्षका लागि २ जना र सदस्यका लागि ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन शनिवार दिउँसो १२ बजेदेखि ४ बजेसम्म चुनाव हुने तालिका सार्वजनिक भएको छ ।

सदस्य बाहेक सबै पदमा एक एक जना चुनिने छन् । कार्यसमिति सदस्यामा भने ५ जना चुनिने व्यवस्था छ ।

सेजनले चुनावका लागि ३ सदस्य निर्वाचन समिति बनाएको छ । समितिको मुख्य निर्वाचन अधिकृतमा पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झा छन् भने निर्वाचन अधिकृतमा नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरी र अधिवक्ता बाबुराम अर्याल छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here