प्रधानमन्त्रीको फैसला- ‘ललिता निवास प्रकरणमा माधव नेपाल निर्दोष दाबी’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा माधव नेपाल अब औपचारिक रुपमा निर्दोष साबित भएको दाबी गरेका छन् ।

पोखरामा आयोजित समाजवादी मोर्चाको प्रदेश स्तरीय सन्देशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अब पूर्व प्रधानमन्त्री नेपालका विषयमा प्रश्न नरहेको जिकिर गरे।

“माधवजीका बारेमा पनि धेरै प्रश्नहरू आइरहेका थिए। के हो, कसो हो भनि नै राख्यो,” प्रधानमन्त्री दाहालले भने, “पहिलो चोटी अहिले उहाँ (माधवकुमार नेपाल) निर्दोष हो भन्ने सावित भयो।”

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लैजान गरी मन्त्रिपरिषद्ले चार पटक निर्णय गरेको थियो। त्यतिवेला नेपाल र बाबुराम भट्टराई प्रधानमन्त्री थिए। उनीहरूमाथि पनि छानबिन हुनुपर्ने आवाज उठिरहेको थियो।

प्रधानमन्त्री दाहालले अब नेपालका विषयमा प्रश्न गर्न नहुने बताए। “अब धेरै प्रश्न उठाउने ठाउँ रहेन,” दाहालले भने, “किन भने सीआईबीले बयान लिएर मुद्दा चलाउन नपर्ने भनेर लिखिन रुपमा दिएपछि सधैंको टेन्सन सकियो।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here