अर्जेन्टिनाले इक्वेडरलाई हरायो, मेसीको निर्णायक गोल

एजेन्सी । फिफा विश्वकप छनोटमा अर्जेन्टिनाले विजयी शुरूआत गरेको छ । घरेलु मैदानमा अर्जेन्टिनाले इक्वेडरलाई १–० ले हराएको हो ।

अर्जेन्टिनाको जितमा लियोनल मेसीले खेलको ७८औं मिनेटमा निर्णायक गोल गरे । फ्रिकिकलाई मेसीले गोलमा परिणत गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here