६० किलो सुन तस्करी प्रकरण: थप एक जना पक्राउ

फाइलफोटो

काठमाडौं । ६० किलो ७१६ ग्राम सुन प्रकरणमा थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराका शिव कुमार सराफ रहेका प्रहरीले जनाएको छ ।

योसँगै सुन तस्करी प्रकरणमा हालसम्म २७ जना पक्राउ परेका छन् ।

गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here