सरकारले भन्यो- ‘विचारकै आधारमा सांघातिक आक्रमण गर्न पाइँदैन’

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणका विषयमा सरकारले बोलेको छ ।

मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै पूर्वमन्त्री समेत रहेका कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमणको घटनाको प्रसंगमा विचारका आधारमा सांघातिक आक्रमण गर्ने छुट कसैलाई नभएको बताएकी हुन् ।

‘आक्रमण गर्नेलाई हामीले पक्राउ गरिसकेका छौं । लोकतन्त्र, गणतन्त्रमा सबै कुरा गर्न पाइन्छ, आफ्ना विचार व्यक्त गर्न पाइन्छ,’ उनले भनिन्, ‘तर, विचारका आधारमा कसैमाथि पनि सांघातिक आक्रमण गर्न पाइँदैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here