बाँकेमा रोकिराखेको ट्रकसँग यात्रु सवार बस ठोक्किँदा ७ जनाको मृत्यु

काठमाडौं । बर्दियाबाट भ्रमणमा हिंडेको बस बाँकेको राप्तीसोनारी गाउँपालिका–९ शम्शरेगञ्जमा रोकेर राखिएको ट्रकमा यात्रुबाहक बस ठोक्किएर भएको दुर्घटनामा ७ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी चालक, सहचालकसहित ७ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा बर्दिया ठाकुरबाबा नगरपालिका-३ का ५० वर्षीय काशिराम थारू, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रूपा परियार, ४० वर्षीया जयन्ती थारू छन्। मृतक तीन जनाको भने परिचय खुलिसकेको छैन।

प्रहरीका अनुसार बसमा ४१ यात्रु सवार थिए। उनीहरू सबै बेतनी सामुदायिक वन उपभोक्ता समिति ठाकुरद्वार बर्दियाको टोली हुन्। उनीहरू दाङ भ्रमणबाट फर्किँदै थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here