युवाहरूमा बढ्दो इ-सिगरेट, स्वास्थ्यमा घातक असर

काठमाडौं । पछिल्लो समय धुम्रपान गर्नेहरुबीच इ-सिगरेटको क्रेज बढ्दै गएको छ।धुम्रपानको तलबाट छुटकरा पाउनका लागि पनि इ-सिगरेटको प्रयोग गरेको पाइन्छ।

तर चुरोटका पारखीहरुलाई लाग्न सक्छ अरु चुरोटभन्दा इ-सिगरेटले कम मात्रामा स्वास्थ्यलाई हानी गर्छ।तर यो कुरा झुठो भएको एक रिपोर्टले देखाएको छ।

विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) एक रिपोर्टअनुसार इ-सिगरेटमा पनि अरु चुरोटमा हुने विषाक्त रसायनजत्तिकै रसायन हुनेगर्छ।यसले फोक्सोका जीवाणुलाई नष्ट गर्छ।

अमेरिकाको म्यासाचुसेट्स जनरल हस्पिटलका शोधकर्ताहरुले गरेको अध्ययनमा इ–सिगरेट तथा पारम्परिक सिगरेट दुवै एकसाथ सेवन गर्दा श्वास प्रश्वास सम्बन्धी समस्या बढ्ने देखिएको छ ।

यो निष्कर्ष झण्डै २१ हजार मान्छेको तथ्यांक विश्लेषणको आधारमा गरिएको हो । यसमा सहभागी ११.८ प्रतिशत इ–सिगरेट तथा १७.१ प्रतिशत पारम्परिक सिगरेट सेवन गर्नेहरु थिए । दुवै सिगरेट सेवन गर्ने भने १९.७ प्रतिशत रहेका थिए ।

शोधकर्ताका अनुसार पारम्परिक सिगरेटका साथ इ–सिगरेट सेवन गर्नेमा श्वास प्रश्वास सम्बन्धी समस्या १.९ गुणा बढी देखियो । जबकि पारम्परिक सिगरेट सेवन गर्नेको तुलनामा केवल इ–सिगरेट प्रयोग गर्नेमा यो खतरा १.२४ प्रतिशत अधिक पाइयो ।

म्यासाचुसेट्स जनरल हस्पिटलका शोधकर्ता कृष्णा रेड्डीका अनुसार मानिसहरुलाई धुम्रपान छोड्नका लागि अभिप्रेरित गर्नुपर्ने देखियो । साथै इ–सिगरेटका साथ सामान्य सिगरेट सेवन गर्नु अझ हानिकारक देखियो । निकोटिन, प्रोपाइलिन ग्लाइकोल र फ्लेभरले गर्दा लगातार इ-सिगरेट प्रयोग गर्दा खोकी लाग्ने र घाँटीमा खसखस हुने, घाँटी दुख्नेजस्ता समस्या निम्त्याउन सक्छ ।

यसको सेवनले ब्रोङ्काइटिस फोक्सोको वायुमार्गको सुजन अर्थात् सुन्निने हुन्छ । दमको समस्या भएकाले भेपको प्रयोग गर्दा समस्या झन् बढ्ने हुन्छ । नेसनल हार्ट, लङ एन्ड ब्लड इन्स्टि्च्युटका अनुसार इलेक्टि्रक सिगरेटको अत्यधिक प्रयोगले शरीरको रक्त नलीलाई हानि पुर्‍याउँछ । यसले हृदय रोगको जोखिम बढाउँछ ।

एजेन्सीको सहयोगमा।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here