गौहत्याको विरोध गर्दै काठमाडौंमा सद्भाव र्‍याली

काठमाडौं । गौहत्याको विरोध गर्दै काठमाडौंमा सद्भाव र्‍याली निकालिएको छ । वैदिक सनातन धार्मिक महासंघको आव्हानमा शनिबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म गौहत्याको विरोधमा शान्तिपूर्ण सद्‌भाव र्‍याली निकालिएको हो।

र्‍यालीमा सहभागी भएकाहरूले गौहत्यारालाई कारबाही गर्न सरकारसँग माग गर्दै नाराबाजी गरेका थिए। उनीहरूले क्रिश्चियनले धर्मको प्रचारबाजी निषेध गर्न पनि सरकारलाई दबाब दिएका थिए ।

गौहत्यारालाई कारबाही गर्न सरकारसँग माग गर्दै र्‍यालीका सहभागीले नारा लगाएका थिए । उनीहरूले क्रिस्चियन धर्मको प्रचारबाजी निषेध गर्न पनि सरकारलाई आग्रह गरे ।